काठमाडौं, असार १६ । सहकारी छानबिन विशेष समितिको बैठक आज बस्दैछ । अहिले विहान ११ बजेका लागि बोलाइएको आजको बैठकमा डाक्टर युवराज खतिवडा राधाकृष्ण मैनाली, गौरीबहादुर कार्की, र जयकान्त राहुलसँग सल्लाह सुझाव लिने समितिको तयारी छ ।
यसअघि समितिले विभाग सहकारी बोर्ड सहकारी मन्त्री सहकारी विभाग लगायतका निकायसँग छलफल गरिसकेको छ। यस्तै कानुन मन्त्रालयका सचिवहरूसँग पनि समितिले छलफल गरिसकेको छ ।
गत बुधबारको बैठकबाट समितिले गोर्खा मिडिया नेटवर्क प्रालिको कागजात माग गर्ने निर्णय गरेको थियो । बैठकले ९ वटा सहकारीका कागजात र गोरखा मिडियाको विवरण मागेको छ।
गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।