Logo

रोहित र विराटले लिए टी-२० इन्टरनेशनलबाट सन्यास



काठमाडौं, असार १६ । भारतीय क्रिकेटका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

शनिवार सम्पन्न आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेटको उपाधि जिते लगतै कप्तान शर्मा र पूर्व कप्तान कोहलीले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्। खेल सम्पन्न भएपछिको आयोजिन पत्रकार सम्मेलनको क्रममा कप्तान रोहितले सन् २०२४ को टी–२० विश्वकप आफ्नो अन्तिम टी–२० इन्टरनेशनल क्रिकेट रहेको बताए।

उनले भारतको लागि उपाधि जित्नु आफ्नो सपना र लक्ष्य रहेको र त्यो पूरा भएका कारण टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यास लिएको बताए। उनले भारतको टेस्ट र वान डे क्रिकेट भने खेल्ने छन् ।

त्यस्तै, कोहलीले पनि खेल सम्पन्न भएपछि म्यान अफ दी म्याचको अवार्ड लिँदै यो आफ्नो अन्तिम टी–२० इन्टरनेशनल क्रिकेट रहेको बताउँदै टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यासको घोषणा गरे। उनले भारतलाई उपाधि दिलाउने सपना पूरा भएको र अब टी–२० मा नयाँ पीढिलाई मौका दिने समय आएका कारण सन्यास लिने निर्णय गरेको बताए।

भारतले १७ वर्ष पछि टी–२० विश्वकपको फाइनलमा साउथ अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको हो। यसअघि सन् २००७ मा आयोजित टी–२० विश्वकपको उपाधि भारतले जितेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot