Logo

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं, असार १६ । आज आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारबोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot