Logo

सूर्यकुमारको क्याच, दक्षिण अफ्रिकालाई अभिसाप



काठमाडौं, असार १६ । भारतले दक्षिण अफ्रिकालाई हराउदै आइसिसी टी–२० विश्वकप जितेको छ। शनिबार राती बारबाडोसको मैदानमा भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले विश्वकपको उपाधि जितेको हो। पहिले ब्याटिंग गरेको भारतले १७७ रनको लक्ष्य दिएको थियो। तर दक्षिण अफ्रिका आठ विकेट गुमाउदै १६९ रनमै सिमित हुन पुगेर भारतसंग पराजित भयो।

भारतको जितमा भारतका सूर्यकुमार यादबले सम्झना लायकको प्रर्दशन गरेका छन्। दक्षिण अफ्रिकाको पक्षमा गईसकेको खेललाई रोकेर उनले भारतलाई जित दिलाउन सफल भएका हुन। दक्षिण अफ्रिकाका हेनरिच क्लासिनले छक्का हानिसकेको बललाई रिङ्गमा जादुमय तरिकाले क्याच गर्न उनि सफल भएसंगै भारतले विश्वकप जित्न सफल भएको हो।

सूर्यकुमार यादबले उक्त बल समात्न सफल नभएको भए दक्षिण अफ्रिकाले ६ रन जोड्न सफल हुन्थ्यो र यहि कारण खेल दक्षिण अफ्रिकाको पक्षमा जान सक्थ्यो।



प्रतिक्रिया दिनुहोस्

Screenshot