Logo

विद्यालय शिक्षा विधेयक जारी गर्न नेविसंघको माग



काठमाडौं, असार १६ । नेपाल विद्यार्थी संघ (नेविसंघ ) ले विद्यालय शिक्षा विधेयक, २०८० जारी गर्न माग गरेको छ । संघका प्रवक्ता सुरज सेजुवालले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

नेपालको शिक्षा नीति र कानूनहरू समयानुकूल संशोधन एवं परिमार्जन हुन नसक्नुले पनि माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० को नतिजामा अघिल्ला वर्ष भन्दा गुणात्मक रुपमा सुधार उन्मुख हुन नसकेको भन्ने विषय थप प्रस्ट भएको नेविसंघ प्रवक्ता सुरज सेजुवालले बताए ।

त्यसैगरी नेपालमा विद्यालय शिक्षाको विकास र गुणस्तरका लागि विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न संसद्मा प्रस्तुत भइ संशोधन प्रस्ताव समेत दर्ता भइसकेको “विद्यालय शिक्षा विधेयक, २०८०” हाल सम्म पनि जारी हुन नसक्नुले विद्यालय शिक्षा निकट भविष्यमा समेत सुधार नहुने निश्चितप्राय देखिन्छ । तसर्थ विद्यालय शिक्षा विधेयक, २०८० जारी गर्न, माध्यमिक शिक्षामा राज्यको लगानी अभिवृद्धि गर्न, र स्पष्ट तथा स्थिर परीक्षा प्रणाली लागू गर्न सम्बन्धित सरोकारवाला निकाय समक्ष नेविसंघले माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot