काठमाडौं, १६ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ । बालकोटमा हिजो (आइतबार) कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेपछि राजनीति तातिएको छ।
यही सन्दर्भमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग आज सिंहदरबारमा भेटवार्ता गरेका हुन् । दाहाल र ओलीबीचको भेटवार्तामा गृहमन्त्री रवि लामिछानेपनि मिसिएका थिए । तीन नेताबीच पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल भएको बुझिएको छ ।
सिंहदरबारमा प्रधानमन्त्री दाहालसँगको झण्ड डेढ घण्टा लामो भेटवार्तालगत्तै एमाले अध्यक्ष ओली सिंहदरबारको छेउमै रहेको होटेल बसेरा बुटिकमा पुगेका छन् । प्रधानमन्त्री दाहाल भने माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशनमा सहभागी हुन प्रज्ञा भवनमा पुगेका छन् । file photo