Logo

माधव नेपालको विद्रोह ऐतिहासिक, अहिलेपनि लोकतन्त्रमाथि खतरा छ : उपेन्द्र यादव



काठमाडौं, १६ असार । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरुद्धमा माधव नेपालले गरेको विद्रोह ऐतिहासिक रहेको टिप्पणी गरेका छन् ।

माधव नेपालहरुले विद्रोह गरेकै कारण संविधान जोगिएको उनको तर्क छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशनको उद्घाटन सत्रलाई अतिथिको रुपमा सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् ।

उनले अहिलेपनि लोकतन्त्रमाथि खतरा बढिरहेको टिप्पणी गरे । उनले लोकतन्त्रमाथि खतरा बाहिरबाट नभएर भित्रैबाट भएको पनि सुनाए । अहिले नेपालका लोकतान्त्रिक संस्थाहरु प्रभावहीन हुँदै गएको यादवको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot