Logo

केपी ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारामा झलनाथ खनालको दाबी



काठमाडौं । नेकपा एमालेले मूलमन्त्रको रुपमा प्रयोग गर्ने गरेको समृद्ध नेपाल सुखी नेपालीको नारामा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले दाबी गरेका छन् ।

आइतबारबाट सुरु भएको पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा बोल्दै पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानीत नेता रहेका खनालले आफूले एमालेको नवौं महाधिवेशनमा आफूले नै सो नारा अघि सारेको दाबी गरेका छन् ।

‘विगतमा एउटै पार्टीमा हुँदा ‘सुखी नेपाली समृद्ध नेपाल’काे नारा मैले नै क्वाइन गरेकाे हाे । अहिले अरु पार्टीले पनि प्रयोग गरेका छन्’, खनालले भने, ‘देशकाे विकासका लागि एउटै आवाजका साथ सहमतिबाट अगाडि बढाैँ । लाेकतन्त्र पनि हामीसँग छ । यसकाे पनि सुन्दर ढंगले उपयाेग गराैँ ।’

यद्यपी सो नारा एमाले अध्यक्ष केपी शर्मा अ‍ोली पहिलो पटक प्रधानमन्त्री हुँदा ०७२ सालबाट प्रचलनमा आएको थियो । पछि नेपालको १५औं पञ्चवर्षिय योजनाको मूल मन्त्र बनाईएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot