Logo

निकुञ्जका कर्मचारी मृत भेटिए



किमाथाङ्का (सङ्खुवासभा), १६ असार । मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन् ।

सङ्खुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका प्रथ प्रदर्शक ५० वर्षीय केशरबहादुर कार्की आज मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । उनलाई निकुञ्ज कार्यालयदेखि झण्डै तीन सय मिटरको दूरीमा स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए ।

कार्की शनिबार साँझ निकुञ्ज कार्यालयबाट बाहिर निस्किएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot