Logo

गलत बकपत्र दिनेविरुद्ध मुद्दा दायर



काठमाडौँ, १६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँके डुडुवा गाउँपालिका–६ का मकरध्वज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालगञ्ज सबडिभिजन वन कार्यालय राँझाका तत्कालीन वन अधिकृत नारायण पार्धेको घूस प्रकरणका सन्दर्भमा सरकारी साक्षीका रुपमा उपस्थित भई गलत बकपत्र गरेको आयोगको भनाइ छ । आयोगले वन अधिकृत पार्धेलाई सेवाग्राहीसँग सात हजार घूससहित पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गलत बकपत्र दिई कानुन विपरीतको गतिविधि गरेको अभियोगमा पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot