Logo

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा



काठमाडौं, असार १७। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा दिउँसो ३ बजे बस्नेछ । सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधि लगायत समसामयिक विषयहरूमा छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत्त तरङ्गित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो। उक्त छलफल कुनै राजनीतिक फेरबदलका लागि हो कि भन्ने आशंका गरिएको छ । त्यस्तै, एमाले र माओवादीको सत्तासहयात्रामा केही चिसोपन आइरहेका आइतबार अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच समेत सिंहदरबारमा छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot