Logo

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली



काठमाडौं, असार १७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्। प्रधानमन्त्री दाहालसँग भेट्न उनी केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

ओली-दाहालबीच पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थिति र समसामयिक राजनीतक विषयबारे छलफल हुने बताइएको छ। यसअघि गत शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको भेटवार्तालाई कुनै राजनीतिक फेरबदलका लागि हो कि भन्ने आशंका गरिएको छ । लगत्तै आइतबार अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच समेत सिंहदरबारमा छलफल भएको थियो



प्रतिक्रिया दिनुहोस्

Screenshot