Logo

सत्ता गठबन्धनमा गम्भीर संकट आएपछि विष्णु पौडेललाई बोलाए प्रचण्डले, भैरहवाबाट आजै फर्किने



काठमाडौं, १७ असार । एमाले–माओवादी केन्द्रबीचको सत्ता–सहकार्यमा संकट देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सक्रियता बढाएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लगातार भेटवार्ता गरेको कुरा बाहिर आएपछि प्रधानमन्त्री दाहाल दबाबमा देखिएका छन् ।

विभिन्न सञ्चारमाध्यममा कांग्रेस–एमालेबीच सहकार्य हुन लागेको र अब बन्ने सरकारको नेतृत्व ओलीले नै गर्ने भनेर समाचार आएका छन् । यही सन्दर्भमा प्रधानमन्त्री दाहालले ओलीसँग हिजो र आज गरेर लगातार घण्टौं लामो छलफल गरेका छन् । आजै साँझ बस्नेगरि प्रधानमन्त्री दाहालले सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक डाकेका छन् । त्योभन्दा अघि मन्त्रिपरिषद् बैठक छ ।

सत्ता गठबन्धनमा संकट देखिएपछि प्रधानमन्त्री दाहालले एमाले उपाध्यक्ष विष्णु पौडेलको खोजी गरेका छन् । पौडेल यतिवेला संसदीय समितिका टोलीमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको स्थगलगत भ्रमणमा छन् । प्रधानमन्त्री दाहालले पौडेललाई काठमाडौं आजै आउन भनेर फोन गरेको स्रोतको दाबी छ । उनीपनि आजै काठमाडौं आईपुग्ने बताईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot