Logo

देउवा र ओलीबीच कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा अझै सहमति जुटेन



काठमाडौं, १७ असार । कांग्रेस र एमाले नेतृत्वबीच सत्ता–सहकार्यको सहमति भएको चर्चाबीच सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने विषयमा विवाद कायमै रहेको बुझिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान छाडेका छैनन् ।

पार्टीको १५औं महाधिवेशनलाई ध्यानमा राखेर देउवाले आफूले पहिले सरकारको नेतृत्व गर्न चाहेको कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष राखेका छन् । यसअघि कांग्रेस नेताहरुले समेत कांग्रेस–एमाले सहकार्यमा बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने भनेर धारणा राखेका थिए ।

तर, कांग्रेसनिकट उच्च स्रोतकाअनुसार देउवाले पहिले सरकारको नेतृत्व चाहेको र आफ्नो अडानमा कायमै छन् । देउवाले आफूलाई वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले पनि सत्ता–सहकार्यको लागि प्रस्ताव गरेको भनेर ओलीसामू दबाब बढाएका छन् ।

शनिबार अपरान्ह देउवा निवासमा प्रधानमन्त्री प्रचण्डले आफ्नो दूत पठाएर सरकारमा सहकार्यको प्रस्ताव पठाएको चर्चा चलेको छ । त्यही दिन देउवा पत्नी आरजु राणासहित ओली निवास बालकोट पुगेको र सत्ता–सहकार्यको लागि सहमति गरेको भनिएको छ । प्रधानमन्त्री दाहालले भने कांग्रेस–एमालेबीच सहकार्य हुन लागेको थाहा पाएपछि दोहोरो रणनीति अपनाएका छन् ।

उनले एमालेलाई देखाउनको लागि पनि देउवालाई प्रधानमन्त्री सुम्पिनेगरि छलफल चलाएका छन् । त्यसको लागि उनले माधव नेपाललाई उपयोग गरेका छन् । नेपाल पार्टीको १०औं महाधिवेशनमा व्यस्त रहेकोले ठोस परीणाम निकाल्नेगरि लाग्न सकेका छैनन् । प्रधानमन्त्री दाहालनिकट उच्च स्रोतले दाबी गरेअनुसार एमाले–माओवादी गठबन्धन नभत्किने बुझिएको छ। ओलीसँगको प्रधानमन्त्री दाहालको भेटवार्तापछि देखिएका सानातिना समस्यापनि सल्टिएको स्रोतको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot