Logo

संसद् भवनमा ओलीको स्पष्टोक्ति : यस वर्ष त म प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन्



काठमाडौं, १७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिएर बाहिरिने क्रममा ओलीले यस्तो जवाफ दिएका हुन् ।

पत्रकारहरुले प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? भनेर सोधेको प्रश्नमा जवाफ दिने क्रममा ओलीले भनेका थिए–‘यस वर्ष त त्यस्तो लाग्दैन मलाई । यो वर्ष बन्छुजस्तो लाग्दैन् ।’ यद्धपी प्रधानमन्त्री बन्ने चर्चा हुनु राम्रो कुरा भएको उनको प्रतिक्रिया छ । कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने चर्चाबीच ओलीको यस्तो भनाई बाहिरिएको हो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot