Logo

देउवा बुढानिलकण्ठमा र ओली च्यासलमा व्यस्त, आजै साँझ ७ बजेसम्म बोल्ड निर्णय लिने तयारी



काठमाडौं, १७ असार । कांग्रेस र एमालेबीच सत्ता–सहकार्यको चर्चा चलिरहेको बेलामा दुवै दलका शीर्ष नेताहरु आ–आफ्नो दलको छलफलमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता–सहकार्यबारे निर्णायक सहमति भएपछि दुवै नेता आ–आफ्नो दलबाट निर्णय अनुमोदन गर्नेगरि निर्णायक छलफलमा जुटेका छन् ।

देउवाले आफ्नो निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका छन् । अहिले बैठक जारी छ । बैठकमा देउवाले ओलीसँग भएको छलफल सकारात्मक रहेको र छिट्टै सत्ता सहकार्य हुनेबारे ब्रिफिङ गरेका छन् । यता, ओलीपनि आफूनिकट नेताहरुसहित निर्णायक छलफलमा जुटेका छन् ।

पार्टी मुख्यालय च्यासलमा ओलीसँगको छलफलमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र विदेश विभाग प्रमुख डा. राजन भट्टराई सहभागी छन् । उता, ओलीले सरकारमा सहभागी पार्टीका मन्त्रीहरुलाई स्ट्याण्डबाई राखेको चर्चा छ ।

उनीहरुलाई पनि बालकोटमा साँझ ६ः३० बजे सामूहिक छलफलको लागि डाकिएको चर्चा छ । दुवै दलका दोस्रो तहका नेताहरुले एमाले–कांग्रेस सहकार्य हुनेबारे आजै साँझ ७ बजेसम्म एउटा बोल्ड डिसिजन लिईएको कुरा बाहिरिने दाबी गरेका छ्न । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot