Logo

कांग्रेस र एमालेबीच सत्ता-सहकार्यबारे सहमतिमा हस्ताक्षर, ओली प्रधानमन्त्री बन्ने



काठमाडौं, १७ असार । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता-सहकार्यको लागि नयाँ समझदारी बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेगरि कांग्रेसले एमालेसँग सत्ता सहकार्यको लागि आज राति अबेर सहमति गरेको हो ।

दुई दलबीच संविधान संशोधन गर्ने विषयमा केन्द्रित रहेर सत्ता सहकार्यको सहमति बनेको एमालेनिकट उच्च स्रोतको दाबी छ । अहिले एमाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा छ ।

एमाले अध्यक्ष ओलीले सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँग नयाँ परिस्थितिको बारेमा जानकारी गराएका थिए । दुई ठूला दल कांग्रेस र एमाले मिलेर देशलाई राजनीतिक स्थायित्व प्रदान गर्नको लागि नवीन समझदारी गरिएको एमालेका एक नेताले जानकारी दिए ।

बालकोटमा नयाँ समझदारी बनेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली शितलनिवास पुगेको स्रोतको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot