Logo

कांग्रेसले १० र एमालेले ९ वटा मन्त्रालय लिने सहमति, अहिले ओली र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने



काठमाडौं, १७ असार । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्यको सहमति भएसँगै मन्त्रालयको भागबण्डासमेत टुँगो लागेको छ। आज (सोमबार) राति अबेरसम्म दुवै दलका नेताहरु बसेर मन्त्रालयको भागबण्डा टुँगो लगाएका हुन् ।

दुई दलबीच भएको सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । ओलीले डेढ वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले बाँकी समय सरकारको नेतृत्व गर्ने समझदारी बनेको हो ।

दुई दलबीच कांग्रेसले १० र एमालेले ९ वटा मन्त्रालय लिने पनि सहमति भएको छ । कांग्रेसले गृह मन्त्रालय लिने सहमति भएको छ भने एमालेले अर्थ मन्त्रालय राख्नेछ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot