Logo

झम्सिखेलको होटलमा यसरी भयो शक्ति बाँडफाँटबारे सहमति



काठमाडौं, असार १८ । संसद्का दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) बीच सत्तासहकार्यदेखि मन्त्रालय बाँडफाँटमा र प्रदेश सरकारहरुको भागबन्डासम्मको सहमति बनेको छ । सोमबार मध्यरातमा एमालेसँग नयाँ सरकार गठन गर्ने सहकार्यसँगै कांग्रेसले १० र एमालेले ९ वटा मन्त्रालय लिने पनि सहमति भएको छ । कांग्रेसले गृह मन्त्रालय लिने सहमति भएको छ भने एमालेले अर्थ मन्त्रालय राख्नेछ ।

त्यस्तै, प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि सहमती भएको छ । एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व भने मधेसवादी दललाई नै दिने सहमति बनेको बताइएको छ ।

स्रोतका अनुसार एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेतक लेखकले सोमबार साँझ ललितपुरको झम्सिखेलस्थित एक होटेलमा शक्ति बाँडफाँटका विषयमा सहमतिको मस्यौदा बनाएका हुन् । त्यसैगरी, दुई दलबीच निर्वाचन प्रणालीलगायतका व्यवस्था संशोधन गर्ने पनि सहमति भएको छ । यस विषयमा सुझाव लिन पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सुझाव समिति एक नेताले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot