Logo

माओवादी केन्द्रले बोलायो आकस्मिक पदाधिकारीको बैठक



काठमाडौं, असार १८ । नेकपा (माओवादी केन्द्र) ले पार्टीले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ । माओवादी केन्द्रले सत्ता समीकरणमा फेरबदलसँगै अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी पदाधिकारी बैठक बोलाएको हो ।

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ ।

उता, नेपाली कांग्रेसले पनि हिजो भएको सहमतिलाई मूर्तरुप दिन आज पदाधिकारी बैठक बोलाएको छ । बैठक ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot