Logo

युरोकप : आत्मघाती गोल निर्णायक बनेपछि फ्रान्स क्‍वाटरफाइनलमा प्रवेश



काठमाडौं, असार १८ । जर्मनीमा जारी युरो कप २०२४ मा बेल्जियमलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको प्रिक्वाटरफाइनलमा आत्मघाती गोलको मद्दतमा १-० को जित दर्ता गर्दै फ्रान्स अन्तिम आठमा प्रवेश गरेको हो ।

खेलको एकमात्र गोल ८५औं मिनेटमा आत्मघाती गोलको रूपमा आएको थियो । रान्डाल कोलो मुआनीको प्रहार बेल्जियम डिफेन्डर यान भर्टङगनलाई लागेर गोलमा परिणत भएको थियो । सोही गोलको मद्दतले फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

फ्रान्सले अब क्वाटरफाइनलमा पोर्चुगल र स्लोभेनिया बीचको विजेता विरुद्ध खेल्नेछ । यी दुई टोली बीचको खेल आज राति १२स्४५ बजे हुँदैछ । फ्रान्स बाहेक अहिलेसम्म क्वाटरफाइनलमा पुग्ने टोलीहरू जर्मनी, स्पेन, स्विटजरल्यान्ड र इङ्ल्यान्ड रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot