Logo

प्रचण्डलाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्दै ओली, आजै शपथ लिने तयारी



काठमाडौं, असार १८ । नेपाली कांग्रेससँगको सहकार्यमा नेकपा (एमाले)ले सरकारको नेतृत्व गर्ने भएपछि वर्तमान सरकारमा सहभागी एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने भएका छन् ।

नेपाली कांग्रेस र एमालेबीच सोमबार मध्यरातमा भएको सहमती अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्न एमालेका मन्त्रीहरू तयारी अवस्थामा रहेका छन् ।

नयाँ सरकार गठनको तयारी अनुसार अहिले केहीबेरमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्ने तयारी रहेको छ । प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार गठन गरेर एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको शपथ लिनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot