Logo

सत्ता फेरबदलबारे बालेनको टिप्पणी, भने-‘यो समय गिरीबन्धु चियाको हो’



काठमाडौं, असार १८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले सत्ता समीकरणमा आएको फेरबदलबारे समाजिक सञ्जालबाट कडा टिप्पणी गरेका छन् । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।”

उनले सोही पोष्टको कमेन्टमा गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ुएकपल्टुलाई बेच्न दिने ुविधेयकु संसदबाट पास भएको बताएका छन् ।

नारायण गाउलेलाई उद्वत गर्दै उनले लेखेका छन्, ‘ गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ‘एकपल्ट’लाई बेच्न दिने ‘विधेयक’ संसदबाट पास भएछ !

नेपाल मजदुर किसान पार्टी र कांग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भयो !

अब विरोध गरेको कांग्रेसले हल्ला भएजस्तै सरकार फेरियो भने भोलिबाट समर्थन जनाउनेछ अनि आज विधेयक पास गर्ने रास्वपा र माओवादीले चर्को स्वरमा गिरिबन्धुको नाम काढ्नेछन् र सदन बन्द गर्नेछन् । सरकार सुइँकिँदै छ भन्ने सुइँको पाएको भए रास्वपा यो हिलोमा मुछिन्नथ्यो होला तर सत्ताको ‘टाप’ले आँखा छोपियो ।

देशमा एउटा मझौला उद्योग खोल्न पुग्ने खाली जग्गा पनि बाँकी छैन । उद्योगको ‘प्लान्ट’ भन्दा जग्गा किन्न या भाड़ामा लिन महँगो पर्छ । औद्योगिक प्रयोजनबाहेक अन्यमा प्रयोग र बेचबिखन गर्न नपाइने गरी ‘पञ्चायत’ले जोगाइदिएका केही जग्गा पनि जोगाउन नसक्ने हो भने भोलि कहाँ पुगिएला ?

नेपालको राजनीति !

नारायण गाउले’



प्रतिक्रिया दिनुहोस्

Screenshot