Logo

एमाले सचिवालय बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने कि मन्त्रीहरूलाई राजीनामा गराउने भन्ने विषयमा छलफल हुने



काठमाडौं, असार १८ । नेकपा (एमाले) ले सचिवालयको बैठक बस्दै छ। दिउँसो ३ बजे बस्ने बैठकमा कांग्रेस र एमालेबीच भएको नयाँ सत्ता समीकरणको सहमतिका विषयमा छलफल हुने जनाइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने कि मन्त्रीहरूलाई राजीनामा गराउने भन्ने विषयमा छलफल हुनेछ।

सोमबार मध्यराति नयाँ सत्ता समीकरणका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमतिपत्रमा हस्ताक्षर भए पनि सार्वजनिक भने भएको छैन। सहमति अनुसार सुरुमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् र चुनावी सरकारको नेतृत्व भने कांग्रेस सभापति शेरबहादुर देउवाले लिनेछन्।

केन्द्र सरकारसँगै प्रदेश सरकारको नेतृत्वको विषय पनि टुंगिएको छ। कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम तथा एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेशको नेतृत्व लिने सहमति भएको छ। मधेश प्रदेशको नेतृत्व भने मधेशकेन्द्रित दललाई नै दिने सहमति भएको छ। नयाँ सत्ता समीकरण बनाउने सहमतिसँगै कांग्रेसले पनि पदाधिकारीको बैठक बोलाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot