Logo

एमालेका मन्त्रीहरुसँग छलफलपछि बालुवाटार पुगे ओली



काठमाडौं, असार १८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरणको सहमतिपछि ओली पहिलो पटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

नेपाली कांग्रेस र एमालेबिच मध्यरात सत्ता सहकार्यबारे सहमति गरेपछि प्रचण्ड र ओलीबिच भेटवार्ता हुन लागेको हो । आजै एमालेको नेतृत्वमा सरकार गठन गर्ने तयारी अनुसार एमाललेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने कि मन्त्रीहरूलाई राजीनामा गराउने भन्ने विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।

सचिवालय बैठक बस्नु अघि बालकोटमा एमालेका मन्त्रीहरुसँग छलफलपछि ओली बालुवाटर पुगेका हुन् । नयाँ सत्ता समीकरण बनाउने सहमतिसँगै कांग्रेसले पनि पदाधिकारीको बैठक बोलाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot