Logo

नैतिकताको आधारमा राजीनामा दिन प्रचण्डलाई महेश बस्नेतको सुझाव



काठमाडौं, १८ असार । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नैतिकताको आधारमा राजीनामा दिन सुझाएका छन् । कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने समझदारी भएपछिपनि प्रधानमन्त्री दाहालले तत्काल राजीनामा नदिने निर्णय लिएका छन् । यही सन्दर्भमा एमाले नेता बस्नेतले तत्काल राजीनामा नदिएर बाँकी अवधिमा सेटिङ र दोहन गर्ने चाहना पूरा नहुने टिप्पणी गरेका छन् ।

उनले लेखेका छन–‘मर्ने बेलामा हरियो काँक्रो । माओबादी केन्द्रले प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय गरेछ । बाँकि अबधिमा सेटिङ र दोहन गर्ने चहाना होला पुरा हुने छैन । संबिधानको ७६ को २ अनुसार राष्ट्रपति ज्युबाट नया सरकार गठन हुन सक्ने । राजिनामा नैतिक बिकल्प हो है प्रचण्ड कमरेड ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot