Logo

नयाँ सरकारमा सामेल हुनको लागि उपेन्द्र र महन्थलाई देउवाको प्रस्ताव, बोलाए बैठक



काठमाडौं, १८ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमालेको अब बन्ने नयाँ सरकारमा साना दललाई पनि सामेल गराउनेगरि सक्रियता बढाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने समझदारी भएको भोलिपल्ट देउवाले आज (मंगलबार) लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्ने भएका छन् ।

दुवै नेतालाई देउवाले अहिले छलफलको लागि आफ्नो निवासमा बोलाएका छन् । उपेन्द्रले कांग्रेस–एमाले सहकार्यको सहमतिको स्वागत गरेका छन् । यद्धपी उनले तत्काल सरकारमा सहभागी हुनेबारे आफूले नसोचेको प्रतिक्रिया दिएका छन् । एमाले अध्यक्ष ओलीले अब बन्ने आफू नेतृत्वको सरकार दुई तिहाइको बनाउनको लागि राप्रपालाई पनि सामेल गराउनेगरि छलफल चलाएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot