Logo

सानेपामा प्रधानमन्त्री दाहाललाई देउवासहितका कांग्रेस नेताहरुको न्यानो आतिथ्यता



काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेस मुख्यालय सानेपामा पुगेका छन् । कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी हुन प्रधानमन्त्री दाहाल सानेपा पुगेका हुन् ।

सो क्रममा प्रधानमन्त्री दाहाललाई कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका नेताहरुले न्यानो आतिथ्यता प्रदान गरेका हुन् । उनीहरुबीच हार्दिकता झल्किएको छ । कांग्रेसले एमालेसँग मिलेर नयाँ सरकारको लागि सहमति गरेको अवस्थमा पनि प्रधानमन्त्री दाहालसँग यस्तो हार्दिकता झल्किएपछि राजनीतिमा अर्को शंका पैदा भएको छ ।

कांग्रेस र एमालेबीच भएको नयाँ सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । यद्धपी प्रधानमन्त्री दाहालले आफूले राजीनामा नदिने भन्दै विश्वासको मत फेश गर्ने निर्णय लिएका छन् । प्रधानमन्त्री दाहालले कांग्रेससँग नै सहकार्यका लागि गम्भीर प्रस्ताव गरेका छन् ।

उनले कांग्रेस सभापति देउवालाई नै सरकारको नेतृत्व लिन र पूरानो गठबन्धन व्यँताउन भनेका छन् । देउवाले भने आफू धेरै अघि बढिसकेकाले अब ब्याक नहुने जवाफ दाहालसामू राखेको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot