Logo

एमालेका मन्त्रीहरुले राजीनामा दिनुअघि आजै बर्खास्त गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी, सिंहदरबार पुगे



काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेका मन्त्रीहरुलाई बर्खास्त गर्ने भएका छन् । नेपाली कांग्रेसको मुख्यालय सानेपामा आयोजित एक कार्यक्रममा पुगेर सिधै सिंहदरबार आएका प्रधानमन्त्री दाहालले एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई बर्खास्त गर्न लागेको उच्च स्रोतको दाबी छ ।

एमालेले नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठनको लागि सहमति गरेपछि प्रधानमन्त्री दाहालले कांग्रेस नेतृत्वसँग सत्ता–सहकार्यकेन्द्रित छलफल चलाएका छन् । प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई नै तत्काल सरकारको नेतृत्व लिन भनेका छन् ।

देउवाले सरकारको नेतृत्व गर्ने शर्तमा मात्रै आफूले राजीनामा दिने कुरा उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्षपनि कुरा राखेको बुझिएको छ । तर, एमाले र कांग्रेसका दुवै दलका शीर्ष नेताहरु भने दुई दलबीच हिजो (सोमबार) भएको सहमति शतप्रतिशत कार्यान्वयन हुने र आज÷भोलिभित्रै नयाँ सरकार गठन हुनेमा विश्वस्त छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot