Logo

सिंहदरबारमा प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच निर्णायक भेटवार्ता सुरू



काठमाडौं, १८ असार । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री दाहालले एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई बर्खास्त गर्नेगरि तयारी गरेका छन् ।

दाहालले यस विषयको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई दिइसकेका छन् । अहिले गृहमन्त्री लामिछानेसँग छलफल गरेका हुन् । प्रधानमन्त्री दाहालले एमाले–कांग्रेसबीच नयाँ सरकार गठनबारे सहमति भएपनि तत्काल राजीनामा नदिने निर्णय लिएका छन् । उनले सदनमा विश्वासको मत लिने निर्णय गराएका छन् । यसले पनि एमाले नेतृत्व अहिले दबाबमा परेको छ ।

प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बन्नको लागि अफर गरेका छन् । देउवाले आफूले ओलीसँग सहमति गरिसकेकाले अहिले सहकार्य नहुने भन्दै सरी भनेको कुरा पनि बाहिरिएको छ । तर, राष्ट्रपति निवास शितलनिवासको भेटवार्तापछि प्रधानमन्त्री दाहाल कांग्रेससँग नै सहकर्या गर्नसकिने विश्वाससहित एक्सनमा उत्रिएका छन् ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot