Logo

शिक्षाको विकासका लागि सरकार गैरजिम्मेवार भयो–प्रभु साह



मौलापुरकी मेयर रिना साहले नगर शिक्षकको व्यवस्था गरेपछि एसईई परिक्षामा ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

रौतहट, १८ असार । रौतहटको मौलापुर नगरपालिकामा सञ्चालित बिभिन्न सामुदायिक विद्यालयले एसईई परिक्षामा ७५ प्रतिशत विधार्थी बिभिन्न श्रेणीमा उत्तीर्ण भएका छन् । विद्यार्थीको अनुपातमा हुनुपर्ने शिक्षकको व्यवस्था संघीय सरकारले नगरेपनि मौलापुर नगरपालिकाको विशेष पहलमा यहाँ विद्यार्थी उत्तीर्णको संख्या बढेको हो ।

मौलापुर नगरपालिकाले उत्तीर्ण उत्कृष्ट विद्यार्थीहरुलाई मंगलबार सम्मान तथा पुरस्कार वितरण गरेको छ । सम्मान एवं पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले शिक्षाको विकासका लागि संघीय र प्रदेश सरकार गैरजिम्मेवार भएको बताए ।

विद्यार्थीको संख्या अनुपात अनुसार शिक्षकको व्यवस्था नगर्ने सरकारले शिक्षामा परिवर्तन ल्याउँन नसक्ने उनले बताए । रौतहट ३ का सांसद समेत रहेका आजपा अध्यक्ष साहले मधेसको विकासका लागि सरकारले विद्यार्थी अनुपात अनुसार शिक्षकको व्यवस्था गर्नुपर्ने माग समेत गरे ।

‘संघीय सरकारले विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्छ । तर मधेसको हकमा त्यो लागु भएको छैन् । संघीय सरकार मात्रै नभएर प्रदेश सरकार समेत गैरजिम्मेवार छ । शिक्षाको बिकासका लागि, विद्यार्थीको भविष्य उज्जवल बनाउँन उनीहरु जिम्मेवार ढंगले लागेका छैनन्’ साहले भने, ‘मधेसको शिक्षाको विकासका लागि यहाँ विदार्थी अनुपातमा शिक्षकको व्यवस्था हुनुपर्छ । त्यसका लागि सबैले पहल गर्नुपर्ने आवश्यक छ । सरकार गैरजिम्मेवार भएकाले यहाँ शिक्षक नै दिन सक्दैन् । यो गैरजिम्मेवार सरकारले शिक्षालाई स्तरीय बनाउँन असफल रहेको छ ।’

देशैभरी एसईई परिक्षामा उत्तीर्ण हुनेको संख्या घटदो मात्रमा रहेको बेला मौलापुरमा उत्तीर्ण हुनेको संख्या बढदै गएकोमा उनले मेयर रिना साह, शिक्षक, व्यवस्थापन समिति लगायतलाई विशेष धन्यवाद दिएका छन् । विद्यार्थी अनुपात अनुसार शिक्षकको व्यवस्था संघीय सरकारले नगरेपछि मौलापुर नगरपालिकाले आफ्नो आधीभन्दा बढी बजेट शिक्षामा लगानी गर्दै ६५ भन्दा बढी नगर शिक्षकको व्यवस्था गरी नगरको शिक्षा स्तरीय बनाएकोमा साहले सबैलाई शुभकामना व्यक्त गरे ।

मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा उत्तीर्ण उत्कृष्ट विद्यार्थीका साथै शिक्षकहरुलाई समेत सम्मान गरिएको छ । मौलापुर नगरपालिकामा पाँच सामुदायिक विद्यालयबाट चार सय नौं विद्यार्थी एसईई परिक्षामा सहभागि भएका थिए । जसमध्ये तीन सय आठ विद्यार्थी बिभिन्न श्रेणीमा उत्तीर्ण भएको मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबुप्रसाद साहले जनाएका छन् ।

‘देशैभरी एसईई परिक्षामा विद्यार्थीको उत्तीर्णय संख्या ४७.८६ प्रतिशत छ । तर मौलापुर नगरपालिकामा एसईई परिक्षामा विद्यार्थीको उत्तीर्ण संख्या ७५ प्रतिशत रहेको छ । संघीय सरकारले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था यहाँ गरेको छैन् । मौलापुर नगरपालिकाका मेयर रिना साहजीको विशेष पहलमा शिक्षामा बढी बजेट बिनियोजन गरेर यहाँको विद्यार्थीको पढाई राम्रो होस भन्ने उदेश्यले अगाडी बढदा यहाँको परिणाम राम्रो आएको हो’ निमित प्रमुख प्रशासकिय अधिकृत साहले भने ।

मौलापुरमा विद्यार्थी अनुपात अनुसार एक सय ८० शिक्षकको आवश्यक्ता छ । तर यहाँ ६० शिक्षक मात्रै छ । विद्यार्थी अनुपात अनुसार सरकारले शिक्षक उपलब्ध नगराएपछि मौलापुर नगरपालिकाले आफ्नो बजेटको आधिभन्दा बढी बजेट शिक्षामा खर्च गर्दै आएको छ । मौलापुर नगरपालिकाले ६५ जना नगर शिक्षक थपेर पालिकाको शिक्षालाई स्तरीय बनाएको छ । मौलापुरका मेयर साहको सोही प्रयास एवं शिक्षकको अत्याधिक मिहिनेतका कारण आज एसईई परिक्षाको परिणाम पनि राम्रो आएको छ ।

मौलापुर नगरपालिकाको गम्हरिया माविको ९० प्रतिशत, लक्ष्मीमिया माविको ८९.४७ प्रतिशत, पथराबुधराम स्थित माविको ८० प्रतिशत, जनता मावि सोनरनियाको ६५.०४ प्रतिशत, मर्यादपुर माविको ५१.७२ प्रतिशत विद्यार्थी बिभिन्न श्रेणीमा उत्तीर्ण भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot