Logo

ओली नेतृत्वमा बन्ने सरकारमा सामेल हुन माओवादी केन्द्रलाई एमालेको प्रस्ताव



काठमाडौं, १८ असार । नेकपा (एमाले) ले कांग्रेससहित बन्ने अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अबको सरकारमा माओवादी केन्द्रलाई पनि सहभागी हुन प्रस्ताव गर्ने भएको छ ।

कांग्रेससँग मिलेर नयाँ सरकार बनाउनेगरि हिजो (सोमबार) राति अबेर दुई दलबीच सहमति भएको भोलिपल्ट आज (मंगलबार) बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाएको छ । प्रधानमन्त्री दाहालले भने संसद्मा विश्वासको मत लिने र राजीनामा नदिने निर्णय लिएका छन् ।

प्रधानमन्त्री दाहाल अझैपनि कांग्रेससँग सहकार्य गर्नसकिने निश्कर्षमा छन् । उनले देउवासामू लोभलाग्दो प्रस्ताव गरेको निकटस्थहरुको दाबी छ । तर, देउवाले एमालेसँग सहमति निकै अघि बढेकोले अब ब्याक नहुने जवाफ दिएको पनि भनिएको छ ।

रास्वपाले पनि प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म सरकारबाट बाहिरिने निर्णय नलिने निर्णय लिएको छ । राजनीतिक मामिलामा चासो राख्नेहरुले भोलिसम्म एउटा पिक्चर क्लियर हुने दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot