Logo

नेकपा एसको महाधिवेशनः आज चार वटा राजनीतिक दस्तावेजमाथि छलफल हुने



काठमाडौं, असार १९ । नेकपा (एकीकृत समाजवादी) को दसौं राष्ट्रिय महाधिवेशन आज पनि जारी रहेको छ। जारी महाधिवेशन अन्तर्गत आज चार वटा राजनीतिक दस्तावेजमाथि छलफल हुनेछ। आज समूह नेताहरूले सुझाव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा दस्तावेजमाथि छलफल गर्न १२ वटा समूह बनाइएको छ। १२ समूहमा कोशी प्रदेशका प्रतिनिधिहरूको एउटा समूह रहेको छ।

आज १२ समूहका टोली नेताहरूले राजनीतिक, साङ्गठनिक, नेपाली विशेषताको समाजवाद र विधान संशोधनमाथि आफ्ना सुझाव राख्नेछन्। नेतृत्व चयनको प्रक्रिया भने भोलिबाट मात्रै सुरू हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot