Logo

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, एमालेसँगको सहमति अनुमोदन गरिने



काठमाडौं, असार १९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। यसअघि मंगलबार बसेको बैठक पदाधिकारी बैठकमा सपापति शेरबहादुर देउवाले एमालेसँग भएको सहमति ब्रिफिङ गरेका थिए। अहिले बिहान ९ बजे पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको बैठकमा कांग्रेसले सरकार बनाउनेबारे एमालेसँग भएको सहमति अनुमोदन गर्नेछ।

आज केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरेपछि एमालेसँग मिलेर सरकार बनाउने पार्टीको निर्णय बन्नेछ। नेपाली कांग्रेस र एमालेबीच शनिबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनाउने सहमति भएको छ। प्रमुख ती दुई दलका बीचमा निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको बताइएको छ । दुवै पार्टीले आन्तरिक रूपमा थप छलफल गरेपछि नयाँ बन्ने सरकारमा मन्त्रालयगत जिम्मेवारीसम्बन्धी निष्कर्षमा पुग्ने जनाएका छन् ।

उक्त सहमती अनुसार कांग्रेस र एमाले दुवैले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा गरेर मार्गप्रशस्तका लागि आग्रह गरेपनि प्रधानमन्त्री प्रचण्डले भने तत्काल राजीनामा नदिने बरू संसदबाट विश्वासको मत सामना गर्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot