Logo

रास्वपा महामन्त्री ढकाल मुखमा टेप लगाएर बैठकमा, बोल्न पाउने अधिकार हनन भएकोमा विरोध



काठमाडौं, असार १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय कमिटीको बैठकमा उपस्थित भएका छन्। बोल्न पाउने अधिकार हनन भएको भन्दै उनी मुखमा कालो टेप लगाएर केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका हुन् ।

बिहान साढे आठ बजेदेखि जारी रास्वपाको केन्द्रीय कमिटीको बैठकमा सहभागी उनले केन्द्रीय कमिटीको बैठक लाइभ गर्न गरेको माग सभापति रवि लामिछानेले सुनावाइ नगरेको बताएका छन् ।

महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए। महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरिएको छ।

त्यसपछि रास्वपाले केन्द्रीय कमिटी बैठक डाकेर प्रतिवेदनमाथि छदफल थालेको हो। यसैबीच महामन्त्री ढकालले पार्टीलाई प्रतिवेदन नबुझाइ मिडियामा विषय छरपस्ट पारेको भन्दै स्पष्टीकरणसमेत सोधेको छ।

महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै रास्वपाको अनुशासन समितिले उनलाई स्पष्टीकरण सोधेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot