Logo

बेनी–जोमसोम सडकको बैसरीमा पहिरोले पुरियो भ्यान



म्याग्दी, असार १९ । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक अन्तर्गत बैंसरीमा सडकमाथिबाट खसेको पहिरोले सवारीसधान पुरिएको छ ।

पहिरो खसेपछि अहिले यातायात अवरुद्ध भएको छ । बर्खामा बैंसरी खण्डमा यात्रा निकै जोखिम हुनेगरेको स्थानीयको भनाइ छ । मुस्ताङबाट यात्रु लिएर फर्किदै गरेको बा ०२६ च ७०५३ नम्बरको इको भ्यान म्याग्दीको रघुगंगा गाउँपालिका –२ मा पर्ने बैंसरी पहिरोमा मंगलबार राति साढे ८ बजे पुरिएको हो ।

यात्रुको भने तत्काल उद्धार गरिएकाले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । भ्यान पहिरोमा पुरिँदा क्षति पुगेको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत करिब आधादर्जन स्थानमा बर्षातको समयमा पहिरोले सडक अवरुद्ध गर्ने गरेको छ ।

बैसरीको बैकल्पिक बाटो चमेरे–राखु–पिप्लेबेगखोला सडक खण्डको बैकल्पिक कच्ची मार्ग समेत जोखिमपूर्ण छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot