Logo

एमालेले समर्थन फिर्ता लिनेबित्तिकै विश्वासको मत लिने प्रधानमन्त्री दाहालको तयारी, सत्ता लम्ब्याउन नचाहेको सन्देश



काठमाडौं, १९ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबित्तिकै संसद् फेश गर्ने भएका छन् । सरकारमै रहेको एमालेले नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने समझदारी गरेको कुरा बाहिर आएको छ । यद्धपी कांग्रेस र एमाले दुवै दलले अहिलेम्म उक्त सहमतिपत्र सार्वजनिक गरेका छैनन् ।

एमालेले त कांग्रेससँग भएको सहमति पार्टीको सचिवालय बैठकमाफृत अनुमोदन गरेको छ । सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गर्न भनेको छ। प्रधानमन्त्री दाहालले त आफूनिकट नेताहरुसँग आज विहान बालुवाटारमा गरेको छलफलमा एमालेले आफूलाई मार्गप्रशस्त गर्न भनेको भएपनि अहिलेसम्म सरकारमै बसेकोमा प्रश्न उठाएका छन् ।

उनले एमालेले मन्त्रीहरु फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिएमा आफू सदन फेश गर्न तयार रहेको सन्देश बालकोटलाई दिएका छन् । प्रधानमन्त्री दाहालले संसद् फेश गर्छु भन्ने उनको संवैधानिक हक भएको संविधानविद्हरुले पनि बताएका छन् ।

यद्धपी प्रधानमन्त्री दाहालले आफूले संसद् फेश गर्छु भनेर ३० दिन सत्ता लम्ब्याउन नचाहेको पनि आफूनिकट नेताहरुसँग ब्रिफिङ गरेका छन् । उनले एमालेले समर्थन फिर्ता लिनेबित्तिकै सदन फेश गर्ने र विश्वासको मत नपाउनेबित्तिकै स्वतः पदमुक्त हुने कुरा स्पष्टसँग नेताहरुसमक्ष राखेका छन् । बालुवाटारको आजको छलफलमा अर्थमन्त्रीसमेत रहेका नेता वर्षमान पुन, महान्यायाधिवक्ता डा. दीनमणि पोखरेललगायत थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot