Logo

देउवासामू प्रधानमन्त्री दाहालद्धारा माओवादी र रास्वपाको ५३ अंकको ब्ल्यांक–चेकको अफर



काठमाडौं, १९ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेको सहकार्य रोक्नेगरि अन्तिम मुभ गरिरहेका छन् । दुई ठुला दल मिलेर सरकार बनाउने र अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने समझदारी भएको भनेर विषय बाहिर आइसकेको छ । यस्तोमा प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गर्न एमालेले आग्रह गरेको छ ।

यद्धपी एमाले सरकारमै छ । उसले अहिलेसम्म आफ्ना मन्त्रीहरु फिर्ता बोलाएको छैन् । सरकारलाई दिएको समर्थनपनि कायमै छ । रोचक कुरा त एमाले र कांग्रेसबीच भएको सहमतिपत्र पनि अहिलेसम्म बाहिरिएको छैन् । प्रधानमन्त्री दाहालले आफूलाई एमाले अध्यक्ष ओलीबाट ठूलो धोका भएको भन्दै त्यसको रिस फेर्नेगरि आफूलाई सक्रिय बनाएका छन् ।

उनले आफूले सदन फेश गर्ने निर्णय गर्नुको भित्री कारणपनि अब सरकार बनाउनको लागि संविधानको धारा ७६ को ३ मा लैजानु हो । यस धाराअन्तर्गत सरकार बन्दा ठूलो दलको हिसाबले कांग्रेसले सरकारको नेतृत्व गर्छ भन्ने उनको बुझाई छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले ओलीसँग सहमति गरिसकेकोले अब ब्याक हुने ठाउँ नरहेको स्पष्ट जवाफ दिएका छन् ।

प्रधानमन्त्री दाहालले यसपटक देउवासामू निशर्त सरकारलाई सघाउनेसम्मका प्रस्ताव गएका छन् । तर, बुढानिलकण्ठले दाहालको प्रस्तावलाई सिधै रद्दीको टोकरीमा फ्याँकिदिएको छ । आजमात्रै पनि दाहालले आफ्नो विशेष दूतमार्फत देउवासामू आफू नेतृत्वको माओवादीको ३२ सिट र रवि लामिछाने नेतृत्वको २१ सिटको ब्ल्यांक चेक पठाएका थिए । उनले आफू र रवि मिलेर देउवालाई सघाउने प्रस्ताव पठाएका छन् । तर, देउवाले उक्त प्रस्तावपनि अस्विकार गरेका छन् ।

उता, प्रधानमन्त्री दाहालले सरकार निर्माणको कोर्श संविधानको धारा ७६ को ३ सम्म पुर्याउने निधो गरिसकेका छन् । अहिले सरकारमै रहेको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबित्तिकै संसद् फेश गर्ने भएका छन् । सरकारमै रहेको एमालेले नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने समझदारी गरेको कुरा बाहिर आएको छ ।

यद्धपी कांग्रेस र एमाले दुवै दलले अहिलेम्म उक्त सहमतिपत्र सार्वजनिक गरेका छैनन् । एमालेले त कांग्रेससँग भएको सहमति पार्टीको सचिवालय बैठकमाफृत अनुमोदन गरेको छ । सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गर्न भनेको छ। प्रधानमन्त्री दाहालले त आफूनिकट नेताहरुसँग आज विहान बालुवाटारमा गरेको छलफलमा एमालेले आफूलाई मार्गप्रशस्त गर्न भनेको भएपनि अहिलेसम्म सरकारमै बसेकोमा प्रश्न उठाएका छन् ।

उनले एमालेले मन्त्रीहरु फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिएमा आफू सदन फेश गर्न तयार रहेको सन्देश बालकोटलाई दिएका छन् । प्रधानमन्त्री दाहालले संसद् फेश गर्छु भन्ने उनको संवैधानिक हक भएको संविधानविद्हरुले पनि बताएका छन् ।

यद्धपी प्रधानमन्त्री दाहालले आफूले संसद् फेश गर्छु भनेर ३० दिन सत्ता लम्ब्याउन नचाहेको पनि आफूनिकट नेताहरुसँग ब्रिफिङ गरेका छन् । उनले एमालेले समर्थन फिर्ता लिनेबित्तिकै सदन फेश गर्ने र विश्वासको मत नपाउनेबित्तिकै स्वतः पदमुक्त हुने कुरा स्पष्टसँग नेताहरुसमक्ष राखेका छन् । बालुवाटारको आजको छलफलमा अर्थमन्त्रीसमेत रहेका नेता वर्षमान पुन, महान्यायाधिवक्ता डा. दीनमणि पोखरेललगायत थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot