Logo

प्रधानमन्त्री प्रचण्डलाई अब नखेल्न रमेश लेखकको आग्रह, बहुमत एकतिर आइसकेको दाबी



काठमाडौं, १८ असार । नेपाली कांग्रेसले एमालेसँग गरेको सत्ता–सहयात्रासम्बन्धी नयाँ सहमति अनुमोदन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित् निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमालेको नेतृत्वमा सरकार बनाउने सहमतिको आज अनुमोदन गरेको हो ।

बैठकपछि मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले अब धेरै खेल्न नहुने धारणा सार्वजनिक गरे । उनले भने, ‘हामीले नयाँ सरकार गठनको लागि प्रधानमन्त्रीलाई बाटो खोलिदिनुस् भनेका छौँ। बहुमत एकतातिर गइसक्यो। अब उहाँले खेल्नको लागि विश्वासको मत लिन्छु भन्नुहुन्छ भन्ने लाग्दैन। उहाँ बुद्धिमान हुनुहुन्छ। बहुमत एकतिर आइसक्यो। अब खेलेको अर्थ छैन। उहाँले परिस्थितिलाई ठिक ढंगले विश्लेषण गर्नुहुन्छ।’

प्रधानमन्त्री दाहालले भने आफूले सदन फेश गर्ने भन्दै तत्काल राजीनामा नदिने निधो गरिसकेका छन् । उनले आफ्नो निर्णय बालकोट र बुढानिलकण्ठमा पनि पुर्याइसकेका छन् । एमालेले सरकारको समर्थन फिर्ता लिए तत्काल संसद्मा विश्वासको मत लिने उनको तयारी छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot