Logo

प्रचण्डले राजीनामा नदिए राजनीतिक बेइमानीको दाग लाग्नेछ : महेश बस्नेत



काठमाडौं, १९ असार । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्गप्रशस्त गर्न कांग्रेस र एमाले दुवै दलले आग्रह गरेको अवस्थामा विलम्ब नगर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री दाहालले मार्गप्रशस्त गरे तुरुन्तै नयाँ सरकार बन्ने उनको भनाई छ । तर, संविधानअनुसार विश्वासको मत लिन खोजे एक महिना समय त पाउने भएपनि प्रधानमन्त्री दाहालमाथि राजनीतिक बेइमानीको दाग लाग्ने कुरा नेता बस्नेतले सम्झाएका छन् ।

उनले फेशबुकमा लेखेका छन्–
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अहिलेको यथार्थ राजनीतिक परिस्थितिको ठिक मूल्यांकन गर्दै मार्गप्रशस्त गर्न आग्रह गरेको छ। एमालेले पनि प्रधानमन्त्रीलाई राजिनामा दिन अनुरोध गरिसकेको छ। प्रधानमन्त्रीले मार्गप्रशस्त गरेमा तुरून्त नयाँ सरकार बन्छ। तर संविधान अनुसार उहाँले विश्वास मत लिन खोजे एक महिना समय त पाउनु हुन्छ तर राजनैतिक बेइमानीको दाग लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot