Logo

एमालेले माओवादीसँगको गठबन्धन तोड्ने तथ्य र आधार देखिएको छैन् : देव गरूङ



काठमाडौं, १९ असार । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले अहिले संविधान संशोधनको विषय उठाईनु गलत समय भएको बताएका छन् । कांग्रेस र एमालेको सहकार्यप्रति उनले सशंय प्रकट गरेका छन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अहिले सदनको बनावटको कारण आफूहरुले पटक पटक नै राष्ट्रिय सहमतिको सरकारको वकालत गरेको सुनाए । उनले आफूहरुले १०औं पटकसम्म सहमतीय सरकार बनाउन पहल गरेको सुनाए ।

उनले अहिले कांग्रेस र एमालेले मध्यारति सहमति गरेर राष्ट्रिय सहमतिको सरकारको हल्ला गरेकोमा आपत्ति जनाए । वामपन्थीहरुको कोलिसनलाई भंग गरेर अर्को कोलिसनमा जाने कुरा पश्चगामी कदम भएको उनको टिप्पणी छ । उनले अहिले एमालेले माओवादीसँगको गठबन्धन छोड्नुको कारण के हो ? भनेर प्रश्न सोधे ।

गठबन्धनमा भएको साना कुरामा पनि मतभेद हुने भन्दै त्यही मतभेदलाई समातेर कोलिसन तोड्नु गलत भएको उनको टिप्पणी छ । उनले एमालेले आफूहरुसँगको गठबन्धन तोड्नुको पछाडिको तथ्य र आधार नदेखिएको दाबी गरे । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot