Logo

ओली नेतृत्वको सरकारमा आरजु राणाको पनि सहभागिता हुने, परराष्ट्र मन्त्रालयको नेतृत्वमा चर्चा



काठमाडौं, १९ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब बन्ने सरकारमा कांग्रेसबाट सांसद डा. आरजु राणापनि सहभागी हुने भएकी छिन् । ओलीले नै राणालाई आफू नेतृत्वको सरकारमा सहभागी हुन जोड गरेको विशेष स्रोतको दाबी छ । राणा अहिले संसदको कृषि समितिको सभापतिको भूमिकामा छिन् ।

समितिको सभापतिको रुपमा उनको भूमिका प्रभावकारी देखिएको कारणले पनि ओलीले अब बन्ने आफू नेतृत्वको सरकारमा आरजुलाई देख्न चाहेका छन् । ओलीको नेतृत्वमा अब बन्ने सरकारमा आरजुलाई परराष्ट्र मन्त्रालयको नेतृत्व दिईने तयारी भएको छ। आरजु अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा पनि निकै दख्खल राख्ने नेताहरुमध्ये पर्छिन् ।

उनको विद्यालय शिक्षा भने काठमाडौंको सेन्ट मेरिज स्कुलबाट पूरा भएको हो । उनले भारतको पञ्जाबस्थित चण्डीगढबाट पिएचडी गरेकी छिन् । विद्यावारिधी गरेर स्वदेश फर्किएलगत्तै आरजुले महिला तथा बालिकाका पक्षमा काम सुरु गरेकी हुन् । जुन आजको दिनसम्म पनि निरन्तर जारी छ । भारत, अमेरिकालगायतका ठूला देशसँग राम्रो सम्बन्ध राख्दै आएकी आरजुलाई परराष्ट्र मन्त्रालयको नेतृत्व सुम्पिँदा काम गर्न सजिलो हुने ओलीको पनि विश्वास छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot