Logo

तालिबानको अमेरिकासँग कैदी ’आदानप्रदान’ बारे छलफल



काबुल, १९ असार । अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा रहेका अफगानी बन्दीको ‘आदानप्रदान’ गर्ने विषयमा अमेरिकासँग छलफल भएको तालिबान सरकारका अधिकारीले बुधबार बताएका छन् ।

प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा आयोजित पत्रकार सम्मेलनमा भने, “हामीले हाम्रा नागरिकलाई आदानप्रदानमा मुक्त गर्न सक्षम हुनुपर्छ, जसरी अमेरिकी नागरिकहरू उनीहरू (संयुक्त राज्य अमेरिका) का लागि महत्वपूर्ण छन्, त्यसरी अफगानीहरू हाम्रा लागि महत्वपूर्ण छन् ।”

कतारमा संयुक्त राष्ट्रङ्घको नेतृत्वमा भएको वार्ताका क्रममा अमेरिकी प्रतिनिधिसँग कैदी आदानप्रदानका विषयमा छलफल भएको उनले बताए ।

संयुक्त राष्ट्रसङ्घका अधिकारी, तालिवान अधिकारी र अफगानिस्तानका लागि विशेष दूतको उपस्थितिमा भएको वार्ता सोमबार सकिएको हो ।

“दुई जना अमेरिकी नागरिक अफगानिस्तानमा थुनिएका छन्,” पत्रकार सम्मेलनमा मुजाहिदले भने, ‘क्युबाको गोप्य अमेरिकी जेलसहित अमेरिकामा पनि अफगानी कैदीलाई राखिएको छ ।

उनले भने, “हामीले उनीहरूसँग उनीहरूको रिहाइका लागि यसअघि पनि छलफल गरिसकेका छौँ । अफगानिस्तानको शर्त स्वीकार गर्नुपर्छ ।” रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot