Logo

आरजु राणा पक्राउ गर्न टोली खटिएको भन्ने समाचार असत्य र भ्रामक हो : सिआईबी



काठमाडौं, १९ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पछिल्लो समय केही मिडियामा आएको समाचारलाई लिएर विज्ञप्ती जारी गरेको छ । केही व्यक्तिहरुको नामै तोकेर ती व्यक्तिहरु पक्राउ गर्न प्रहरी खटिगएको भनि आएको समाचार असत्य र भ्रामक रहेको दाबी गरेको छ ।

यसअघि उकेराका सम्पादक केपी ढुंगानाको नाममा आरजु पक्रन बुढानीलकण्ठमा धरपकड गर्दा ‘ढल्यो’ प्रचण्ड नेतृत्वको सरकार शीर्षकमा समाचार प्रकाशन भएको थियो । यही समाचारलाई लिएर ब्यूरोले आज खण्डन गरेको हो ।

ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले आज (बुधबार) एक विज्ञप्ती जारी गर्दै उक्त समाचारको खण्डन गरेका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘..त्यस्ता भ्रामक, कपोकल्पित र सत्यता परीक्षण नगरी प्रकाशन तथा प्रशारण गरिएका असत्य समाचारहरुको यस ब्यूरोले खण्डन गर्दछ ।’

पूरा विज्ञप्ती यस्तो छ



प्रतिक्रिया दिनुहोस्

Screenshot