Logo

थप १३५ जना कैदी बन्दीलाई प्यारोलमा छोड्ने निर्णय



काठमाडौं, १९ असार । संघीय प्रोवेशन तथा प्यारोल बोर्डले १३५ जना कैदी बन्दीलाई प्यारोलमा छोड्ने निर्णय गरेको छ । आज (बुधबार) महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलको अध्यक्षतामा बसेको बोर्डको बैठकले एक वर्ष भन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाइ अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको १३५ जना कसुरदारलाई प्यारोलमा छाड्ने निर्णय गरेको हो ।

बोर्डले अहिलेसम्म कसुरदारहरुलाई चौथो पटक छाड्ने निर्णय गरको छ । बोर्डले यसभन्दा अगाडि २०८० पुस २५ मा पहिलो चरणमा १४३ जना, ०८० वैशाख १८ मा दोस्रो चरणमा १५४ जना र ०८१ जेठ ०१ मा तेस्रो चरणमा ११७ जनालाई प्यारोलमा छाड्ने निर्णय गरिसकेको थियो । आज भएको निर्णयसमेत गरी अहिलेसम्म ५४९ जना कैदी बन्दीलाई प्यारोलमा छाड्ने निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot