Logo

कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय



काठमाडौँ १९ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भएको सहमतिलाई सकारात्मक भन्दै त्यसको समर्थन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज भएको पदाधिकारी बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नयाँ सहमति गरेका राजनीतिक दलसँग सत्ता सहकार्य गरेर जाने निर्णय पनि गरेको छ ।

बैठकले कांग्रेस र एमालेबीच भएको सहमतिअनुरुप गठन हुने सरकारलाई समर्थन गर्ने निर्णय भएको प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिउ । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले मङ्गलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी गएका थिए ।

सचेतक चौधरीले विगतमा पनि कांग्रेससँग सहकार्य गरेकाले सोही दल सम्मिलित नयाँ गठबन्धनमा मिलेर काम गर्न कुनै समस्या नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot