Logo

राष्ट्रिय सभाको बैठक बस्दै, राजीनामा दिइसकेका मन्त्रीले जवाफ दिने कार्यसूची यथावत



काठमाडौं, असार २० । राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा मध्याह्न सवा १२ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ।

आज ११ वटा मन्त्रीले जवाफ दिने कार्यसूची छ। संसद सचिवालयका अनुसार आज वन मन्त्रालय, महिला तथा बालबालिका, खेलकुद, सहरी विकास, उद्योग, कृषि, भौतिक पूर्वाधार, संघीय मामिला, पर्यटन, स्वास्थ्य र परराष्ट्र मन्त्रीले मन्त्रालय छलफलका क्रममा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिनेछन्।

कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति भएसँगै बुधबार एमालेका आठ मन्त्रीहरूले भने राजीनामा दिइसकेका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका चार जना मन्त्रीले समेत आजै राजीनामा दिने तयारीमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot