Logo

एसईई : डडेल्धुराका ८ विद्यालयको नतिजा शून्य



डडेल्धुरा, असार २० । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिम प्रदेशको नतिजा सबैभन्दा कमजोर रहेको छ । सुदूरपश्चिमबाट ३१३८ प्रतिशत मात्र उतीर्ण भएका छन् । सुदूरपश्चिमका ९ वटै जिल्लाबाट एक हजार १३२ विद्यालय एसईई परीक्षामा सहभागी भएकामा ८५ विद्यालयको नतिजा शून्य रहेको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

डोटी र बैतडीबाट १८र१८ विद्यालयको नतिजा शून्य छ । यस्तै कैलालीका १५, कञ्चनपुर र डडेल्धुराका ८र८, दार्चुलाका ७, बाजुराका ६, अछामका ५ वटा विद्यालयको नतिजा शून्य छ ।

डडेल्धुराबाट ७० विद्यालय परीक्षामा सहभागी भएकामा ८ वटा विद्यालयको नतिजा एनजी छ । परशुराम नगरपालिकाको भागेश्वर, कैलपाल र शिवपार्वती मावि, भागेश्वर गाउँपालिकाको कैलपाल मावि, अजयमेरु गाउँपालिकाको बालकल्याण, गन्यापधुरा गाउँपालिकाको सिताराम, नवदुर्गाको भुवनेश्वरी र अमरगढी नगरपालिकाको महेन्द्र मावि (खुला)को नतिजा शुन्य रहेको छ । तर महेन्द्र माविको साधारणतर्फ ८८ मध्ये २७ जना र प्राविधिकतर्फ ४८ मध्ये ४१ विद्यार्थी उत्तीर्ण भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot