Logo

कांग्रेस–एमाले सहकार्यबारे प्रभु साहको टिप्पणी : लोकतन्त्र झनै संकटमा पर्यो, निर्णायक आन्दोलन गर्ने घोषणा



काठमाडौं, २० असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारको नाममा भैरहेको ठगीविरुद्ध जारी राखेको आन्दोलन तत्काललाई स्थगित् गर्न निर्देशन दिएका छन् । आईटी आर्मी विगत १९ दिनदेखि आन्दोलित छ । आईटी आर्मीले वैदेशिक रोजगार विभाग घेराउ, श्रममन्त्री डिपी अर्यालको पुत्ला दहनसमेत गरिसकेको छ ।

पछिल्लो समय कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने र संविधान संशोधन गर्नेलगायत विषयमा सहमति गरिसकेपछि विकसित राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै आजपाका अध्यक्ष साहले आइटी आर्मीलाई आन्दोलन तत्कालका लागि स्थगन् गर्न निर्देशन दिएका हुन् ।

आईटी आर्मीका अध्यक्ष सिबी साहले अध्यक्ष प्रभु साहबाट तत्काल आन्दोलन स्थगन् गर्न निर्देशन प्राप्त भएको जानकारी दिए । उनकाअनुसार अध्यक्ष साहले देशको राजनीतिक परिस्थिति नै बदलिएको र लोकतन्त्र झन गम्भीर संकटमा परेकोले पार्टीको सिँगो पँक्ति लोकतन्त्र बचाउनको लागि र तेस्रो जनआन्दोलनको लागि तयार हुनुपर्ने भएकोले अहिलेको आन्दोलन स्थगन् गरिएको हो ।

पार्टी अध्यक्ष साहले देशमा दलीय सिण्डिकेट रहेकोमा अब देशकै दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार चलाउनु र संविधान संशोधनको विषय अघि ल्याउनुले लोकतन्त्रमाथि कालो बादल मडारिएको निश्कर्ष निकालेका छन् । उनले देशमा लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको उल्लेख गर्दै अहिले त देशमा अधिनायकवादी चरित्र हाबी हुँदै दुई दलीय सिण्डिकेट लाद्न खोजिएकोमा आपत्ति जनाए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot