Logo

गृहमन्त्री लामिछाने सिंहदरबारमा मन्त्रालयको काममा व्यस्त



काठमाडौं, २० असार । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने मन्त्रालयको नियमित काममा व्यस्त छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकको धपेडीका कारण हिजो मन्त्रालय नआएका मन्त्री लामिछाने आज भने सिंहदरबारस्थित् आफ्नो कार्यकक्षमा दैनिक काममा व्यस्त देखिएका छन् । साढे २ बजेसम्म उनी कार्यकक्षमै व्यस्त थिए ।

कांग्रेस र एमाले दुई ठूला दल मिलेर नयाँ सरकार गठनको लागि सहमति गरेपछि एमाले सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी सबै ८ जना मन्त्रीहरुले हिजो साँझ प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सामूहिक राजीनामा दिएका थिए । उनीहरुको राजीनामा प्रधानमन्त्री दाहालले आज स्विकृत गरिसकेका छन् ।

यसअघि आज विहान रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरुपनि राजीनामा दिन भनेर बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री दाहालले आफूले संवैधानिक प्रावधानअनुसार सदनमा विश्वासको मत लिने तयारी गरेको र साथ दिन भनेपछि रास्वपाका मन्त्रीहरु राजीनामा दिनबाट रोकिएका थिए ।

अहिले सिंहदरबारमा शिक्षामन्त्री सुमना श्रेष्ठपनि काममै व्यस्त देखिएकी छिन् । उनीहरुले प्रधानमन्त्री दाहाललाई विश्वासको मत लिने दिनसम्म पर्खिने निर्णय गरेका छन् । र, त्यत्तिका दिनसम्म मन्त्रालयको काम नरोक्नेगरि आफूलाई चलायमान बनाएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot